स्ववियु मरव क्याम्पस इलामद्वारा आयोजित अन्तर सेमेष्टर फुटसल प्रतियोगिता सम्पन्न

छैटौँ सेमेष्टरले पुरुष र महिला दुवै तर्फ जित हात पार्‍यो

एम.वि.एस तेस्रो सेमेस्टरमा अध्यनरत विद्यार्थी तथा खेल रेफ्री प्रवेश श्रेष्ठ लाइ मायाको चिनो प्रदान गर्दै क्याम्पस प्रमुख |

इलाम, जेठ ३० – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), मरव क्याम्पस इलामको आयोजनामा सम्पन्न भएको वि.वि.ए. अन्तर सेमेष्टर फुटसल प्रतियोगिता आज सम्पन्न भएको छ।

प्रतियोगिताको समापन समारोहसहित आज सम्पन्न फाइनल खेलमा महिला तर्फ छैटौँ सेमेष्टरको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पार्न सफल भएको छ। त्यसैगरी, पुरुष तर्फ पनि छैटौँ सेमेष्टरले नै जित हासिल गर्दै दुबै तर्फ छैटौं सेमेस्टर विजेता बन्न सफल भएको हो।

समारोहमा स्ववियु प्रतिनिधिहरू, क्याम्पस प्रशासन, प्रशिक्षकहरू र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस प्रतियोगिताले विद्यार्थीहरूबीच आपसी सद्भाव, खेल भावना तथा शारीरिक स्फूर्तिका साथै नेतृत्व क्षमताको समेत विकास गर्न सहयोग पुर्‍याएने आयोजक स्ववियु मरव क्याम्पस इलामको अपेक्षा रहेको छ।

1 comment on “वि.वि.ए. अन्तर सेमेस्टर फुट्सल प्रतियोगिता सम्पन्न |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us