
इलाम — स्वतन्त्र विद्यार्थी युनियन, मरव क्याम्पस इलामको आयोजनामा जारी वि.वि.ए (BBA) अन्तर सेमेस्टर फुटसल प्रतियोगिता आज सेमिफाइनल चरण सम्पन्न भएको छ।
पहिलो सेमिफाइनल खेलमा वि.वि.ए. छैटौँ सेमेस्टरले प्राध्यापक टिमलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो। यस्तै दोस्रो सेमिफाइनल खेलमा वि.वि.ए चौथो सेमेस्टरले दोस्रो सेमेस्टरलाई पराजित गर्दै फाइनल यात्रा तय गर्यो।
प्रतियोगिताको अन्तिम दिन भोलि हुनेछ। कार्यक्रम अनुसार, दिनको ठिक १२ बजे महिला तर्फको फाइनल खेल हुनेछ, जसमा वि.वि.ए चौथो सेमेस्टर र वि.वि.ए छैटौँ सेमेस्टर बीच प्रतिस्पर्धा हुनेछ। त्यसपछि पुरुष तर्फको फाइनल खेल हुनेछ, जसमा पुनः वि.वि.ए चौथो र छैटौँ सेमेस्टरबीच रोमाञ्चक भिडन्त हुने छ।
स्ववियु मरव क्याम्पस इलामले यस प्रतियोगितामार्फत विद्यार्थीहरूको खेलकुद क्षमताको विकास तथा आपसी मित्रता सुदृढ हुने विश्वास लिएको छ।
