परिचय

स्वतन्त्र विद्यार्थी युनियन लाखौँ विद्यार्थीहरूको त्याग, तपस्या र बलिदानीको परिणाम हो । स्ववियुको माध्यमबाट शैक्षिक आन्दोलन, शैक्षिक सुधार र विद्यार्थीहरूको पक्षमा काम हुने गर्दछ । स्ववियुको स्थापनाको जाग नेपाली विद्यार्थी आन्दोलनमा पञ्चायती व्यवस्थाको निरङ्कुशताका विरुद्धबाट भएको पाइन्छ । निरङ्कुश पञ्चायती व्यवस्थामा राजनीतिक दलहरू प्रतिबन्धित भएको अवस्थामा विद्यार्थीहरूको आवाजहरुलाई समाजलाई सही मार्गदर्शन गर्ने काम विद्यार्थीहरूले गर्छन् । यही विषयमा विद्यार्थीहरूको छाता संस्था स्ववियुको स्थापना वि.सं. २०१६ सालमा भयो ।

समाजको रुपान्तरणको क्रममा स्ववियुले विद्यार्थीहरूको हक, हित र अधिकार प्राप्तिको लागि निरन्तर काम गर्दै आएको छ । एम.बि.बि. क्याम्पसको हकमा वि.सं. २०२८ सालमा स्ववियुको स्थापना भएको थियो । हालसम्म यहाँको १५ स्ववियु गठन भइसकेको छ । स्ववियुको पहिलो अध्यक्ष श्री जीवनकुमार दुलाल हुनुहुन्थ्यो भने पछिल्लो स्ववियु निर्वाचन २०७९ चैत ८ गते सम्पन्न भई श्री विशाल कार्कीको अध्यक्षतामा १९ सदस्यीय स्ववियु रहेको छ ।
Contact Us