क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निरन्तर रूपमा विद्यार्थीका हकहित र क्याम्पसको शैक्षिक उन्नयनका लागि सक्रिय रूपमा क्रियाशील रहेको छ।
हालै क्याम्पसमा देखा परेका विविध समस्या तथा विद्यार्थीहरूबाट उठाइएका गुनासा र मागहरूलाई समेटेर स्ववियुले पुस्तकालय, शिक्षा तथा पठनपाठन, प्रशासन, खेलकुद लगायतका क्षेत्रसँग सम्बन्धित विषयमा मागपत्र प्रस्तुत गरेको छ। उक्त मागपत्रमा आधारित रहेर क्याम्पस प्रशासनसँग विस्तृत छलफल समेत सम्पन्न भएको छ।
छलफलमा तत्काल समाधान गर्न सकिने विषयहरूलाई छिटोछरितो रूपमा समाधान गर्ने सहमति भएको छ भने दीर्घकालीन र केही समय लाग्ने समस्याहरूको समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाइने निर्णय गरिएको छ।
