इलाम, 2082 असार २० — स्थानीय स्तरमा स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियनको आयोजना र नेपाल नेत्र ज्योति सङ्घ जिल्ला शाखा इलामको प्राविधिक सहयोगमा निःशुल्क आँखा तथा कान जांच सेवा कार्यक्रम सञ्चालन हुने भएको छ।

स्वास्थ्यप्रति सचेतना र समयमै रोगको पहिचान गर्न सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको उक्त सेवा स्वतन्त्र विद्यार्थी युनियन महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको भवनमा यही मिति २०८२ साल असार २३ गते, आईतबार बिहान १० बजेबाट सुरु हुने छ। सेवा आवश्यकतानुसार निरन्तर प्रदान गरिने छ।

उक्त निःशुल्क सेवा विशेषगरी क्याम्पसमा अध्ययनरत विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरूलाई लक्षित गरी आयोजना गरिएको हो। नेपाल नेत्र ज्योति सङ्घ जिल्ला शाखा इलामले स्वास्थ्य परीक्षणका क्रममा आँखा तथा कानसँग सम्बन्धित समस्या पहिचान गरिने, आवश्यक परामर्श दिइने तथा थप उपचारका लागि सिफारिस गरिने जानकारी दिएको छ।

सङ्घका अनुसार चिकित्सकहरूको टोलीद्वारा सेवा उपलब्ध गराइनेछ, जसले आँखाको सामान्य रोगदेखि दृष्टि समस्या र कानको सुनाइ समस्यासम्मको प्रारम्भिक परीक्षण तथा सल्लाह दिनेछ।

यस किसिमको कार्यक्रमले शिक्षा संस्था भित्रै स्वास्थ्य सेवा पुर्‍याउने अभ्यासलाई प्रवर्धन गर्ने विश्वास गरिएको छ। सहभागीहरूले समयमै उपस्थित भई सेवाको लाभ लिन अनुरोध गर्दछौं।

सम्पर्क

स्वतन्त्र विद्यार्थी युनियन महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम

फोन: [9863017608,  9742309443]

नेपाल नेत्र ज्योति सङ्घ जिल्ला शाखा, इलाम

फोन: [9844628735]

कार्यक्रम स्थल: स्वतन्त्र विद्यार्थी युनियन भवन, म.र.ब. क्याम्पस, इलाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us